डडेल्धुरा ।

प्रधानमन्त्री र पार्टी सभापती समेत रहेको बेलामा संसदीय निर्वाचनमा देशभर पार्टीका शिर्ष नेता हारिरहँदा शेरबहादुर देउवा भने लगातार छैटौं पटक बिजयी हूने नेता बनेका छन ।

वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई हराउँदै देउवा विजयी डडेल्धूराबाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका हुन् ।

देउवाले २८ हजार ४४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी भट्टले २१ हजार ११५ मत ल्याए ।

भट्टलाई देउवाले ६ हजार ९ सय २९ मतले पराजित गरेका हुन् । देउवा ०४८ साल यताका सबै निर्वाचनमा विजयी भएका छन् ।

०४८, ०५१ र ०५६ सालको निर्वाचनमा विजयी भएका देउवा पहिलो संविधानसभाको निर्वाचन ०६४, दोस्रो संविधानसभाको निर्वाचन ०७० र प्रतिनिधिसभा निर्वाचन ०७४ मा पनि विजयी भएका छन ।

निर्वाचनका क्रममा देउवाले मतदान गरेको गाउँको विद्यालयको अवस्थको तस्विर सार्वजनिक भएपछि लगातार जितेरपनि देश र आफनो ठाउँको लागि केही नगरेको भन्दै सामाजिक सञ्जालहरुमा चर्को आलोचना भएको थियाृ ।

17.17¡ÆC