प्रतिनिधिसभा ३४ र प्रदेशसभा ५६ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक, महिला जम्मा ३ जना बिजयी

मंसिर २३, २०७४ मा प्रकाशित | 863 views

काठमाडौं ।

२०७४ मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको हालसम्म प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ५६ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार हालसम्म प्रतिनिधिसभातर्फ १ जना महिलासहित ३४ जना निर्वाचित हुनुभएको छ ।

यसैगरी, प्रदेशसभातर्फ दुई जना महिला उम्मेदवारसहित ५६ जना निर्वाचित भइसक्नु भएको जानकारी प्राप्त भएको छ ।

मंसिर २१ गते निर्वाचन भएका ४५ वटै जिल्लाका मतपेटिकाहरु जिल्ला सदरमुकाममा प्राप्त भई मतदान गणना सुरु भएको छ ।

सोही दिन भएको मतदानमा समस्या आई स्थगित भएकोमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ५ को मथुरा मतदान स्थलका ९क० र ९ख० मतदान केन्द्रमा आज मतदान सञ्चालन भइरहेको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज दिनको ३ बजे प्राप्त जानकारी अनुसार त्यहाँ अहिलेसम्म ५८ प्रतिशत मतदान भएको छ । साँझ ५ बजेसम्म निर्धारित मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने छन् ।

स्याङजाबाहेक सबै जिल्लाहरूमा मतगणना कार्य सुरु भई केही जिल्लाहरुको नतिजासमेत सार्वजनिक भइसकेको छ, स्याङ्जामा कतिपय स्थानमा निर्वाचन सन्तोषजनक नभएको भनी जिल्ला सदरमुकाममा बाम गठबन्धनका उम्मेद्वार तथा कार्यकर्ताहरूको भीडभाडले २ नम्बर निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतलाई दुव्र्यवहारसमेत गरेपछि हिजोबाटै स्याङ्जा बजारका क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी आयोगलाई प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web