काँग्रेसका राजन केसी २२ सय मतान्तरले काठमाडौं १० बाट विजयी

मंसिर २३, २०७४ मा प्रकाशित | 1107 views

काठमाडौं ।
अघिल्लो संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई हराएका राजन केसी फेरी यसपटक काठमाडौं १० मा माओवादी केन्द्रका हितमान शाक्यलाई हराउन सफल भएका छन ।

केसीले २४ हजार १ सय ९० मत ल्याएका छन् भने शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका छन् । कांग्रेसका राजेन्द्र केसी २ हजार २ सय ८३ मत अन्तरले बिजयी भएका हून । काठमाडौैं १० मा ५५ हजार १ सय १० मत खसेकोको थियो ।

यसमध्ये १ हजार ७ सय ६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेसले केसीसहित तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह ८ सय मतान्तर र क्षेत्र नम्बर ४ मा गगन थापा ३४ सय मतान्तरले बिजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web