प्रकाशमान सिंह काठमाडौं १ बाट सांसाद बने

मंसिर २३, २०७४ मा प्रकाशित | 1236 views

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् ।

मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहे पनि जित्न सकेनन् । चुनाव जितेर मिश्रले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका थिए ।

वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनले मात्र ५ हजार ३३५ मत ल्याएका छन ।

प्रकाशमान सिंहको जितसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ । काठमाडौं १ बाटै कांग्रेसले विजयी सुरुआत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web