यसरी फेरिँदैछ सर्वोच्च अदालतको रूप

मंसिर २०, २०७४ मा प्रकाशित | 1277 views

काठमाडौं । न्यायालयबाट हुने कार्यसम्पादनबारे टिका टिप्पणीले अदालतकै विश्वसनीयतामा प्रश्न खडा भइरहेका बेला वर्तमान नेतृत्व आएपछि सर्वोच्च अदालतमा आमूल परिवर्तन भएको वरिष्ठ कानुनविद्हरूले बताएका छन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीले कार्यभार सम्हालेलगत्तै सर्वोच्च अदालतले गरेको समूहगत सुनुवाइ, संवैधानिक इजलासको निरन्तरता र अदालतलाई स्मार्ट बनाउने कार्यविधिलाई वरिष्ठ कानुनविद्हरूले प्रशंसा गरेका हुन्।

पूर्वमाहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले समूहगत सुनुवाइका लागि पर्याप्त समय दिनुपर्ने बताए। उनले समूहगत सुनुवाइमा रहेका प्रत्येक मुद्दाको तथ्य फरक हुने भएकाले सबै मुद्दाको सुनुवाइ हुनुपर्ने बताए।

वरिष्ठ अधिवक्ता तथा न्यायपरिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेले सूचनासम्बन्धी नयाँ प्रविधिको प्रयोगले सर्वोच्च अदालतमा नयाँ क्रान्ति ल्याएको बताए। नयाँ प्रविधिको प्रयोग हुन थालेपछि अदालतको कामकारबाहीमा पारदर्शिता देखिन थालेको उनको भनाइ छ।

संविधानविद् डा.भीमार्जुन आचार्यले हालका प्रधानन्यायधीश पराजुलीले न्यायपालिका सुधारका लागि ३९ बुँदे कार्ययोजना ल्याएर नयाँपन दिएको बताए। प्रधानन्यायाधीश पराजुलीले कार्यभार सम्हाल्नासाथ ३९ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए। सो कार्ययोजनामा अदालतलाई ‘स्मार्ट’ बनाउने उल्लेख छ। समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web