चिनको ९२ अर्ब ९४ करोडको लगानि थपियो, २ लाख १४ हजार १२१ ले रोजगारी पाउने

जेष्ठ २४, २०७३ मा प्रकाशित | 1213 views

२५ जेठ, काठमाडौं ।
नेपालमा छिमेकी मुलुक चीनका ९३० उद्योगले २५ अर्ब ४८ करोड रुपिया भन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दैआएको चीनको लगानीबाट मुलुकमा करिब ४५ हजार ८६९ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ ।

विदेशी उद्योगको जम्मा लगानी एक खर्ब ९२ अर्ब ९४ करोड रुपिया रहेको र सो लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।

विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि अनलाइन सेवा सुरु गर्ने तयारी गरेको विभागका निर्देशक रुद्रबहादुर मल्लले जानकारी दिनुभयो ।

नेपालमा दर्ताका भएका विदेशी उद्योगमध्ये सबैभन्दा बढी एक हजार १८३ सेवा क्षेत्रका छन् भने सबैभन्दा कम ४५ निर्माण क्षेत्रका रहेका विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web