मतदान केन्द्र रहेको भरतपुर महानगरपालिका वडा कार्यालयमा शक्तिशाली बम विस्फोट

मंसिर १७, २०७४ मा प्रकाशित | 973 views

चितवन ।

चितवनको भरतपुर महानगरपालिका स्थित ५ नम्बर वडा कार्यालयमा आज बिहान शक्तिशाली बम विस्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार बिहान दुई बजे ग्रिनेट विस्फोट भएको थियो । मंसिर २१ गते हुन लागेको चुनावको मतदानको केन्द्र यही वडा कार्यालयमा राखिएको छ ।

वडा अध्यक्ष पदमपाणि सुवेदीले वडा कार्यालय, रेडक्रस कार्यालय र वरपरका सर्वसाधारणको घरका झ्यालका शिसा फुटेको जानकारी दिएका छन ।

वडाध्यक्ष सुवेदीको घर अगाडि फेला परेको विष्फोटक पदार्थलाई भने नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web