सिन्धुपाल्चोकमा ठाउँ ठाउँमा बम भेटियो

मंसिर २, २०७४ मा प्रकाशित | 1110 views

चौतारा ।

देशका विभिन्न जिल्लामा चुनाव प्रचार टोली तथा उम्मेद्धारमाथि बम आक्रमण भइरहँदा सिन्धुपाल्चोकमा पनि विभिन्न स्थानमा बम भेटिन थालेको छ ।

विशेषगरि जिल्लाको निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला पर्न थालेको छ ।

मेलम्ची नगरको ज्यामिरे मिलनचोक, मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको आँगनमा र मेलम्ची बजारको शिखरपुर तीपेनी जाने पुलछेउमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानै मेलम्ची नगरको वडा ९ मिलनचोकमा बाटैमा राखिएको थोत्रो तारसहितको प्रेसर कुकरमा खतरा लेखेको पाइएपछि विधार्थीले इलाका प्रहरी मेलम्चीलाई खबर गरेका थिए । प्रहरीसँगै तत्कालै सशस्त्र प्रहरीको टोलीले बम निक्रिय पारेको थियो ।

त्यसैदिन मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको प्राङ्गणमा त्यस्तै बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम निक्रिय पारेलगत्तै मेलम्ची बजारको शिखरपुर तीपेनी जाने मोटरवेल पुलमा त्यस्तै बम फेला पर्‍यो ।

‘चुनाव बिथोल्नको लागि यस्ता गतिविधि भइरहेका हुन्,’जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन पोखरेलले भने, ‘सबै बम निक्रिय पारिसक्यौं, थप सक्रियता बढाइरहेका छौं ।’घटनास्थलमै पुगेका पोखरेलले चुनाव नजिकिँदै गर्दा अज्ञात समूहद्वारा बम राखिएकाले सुरक्षा चौगुना बढाइरहेको सुनाए ।

निर्वाचन क्षेत्र न २ मा लोकतान्त्रिक र वामका दुई हस्ती चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा लोकतान्त्रिकबाट पशुपतिशमशेर राणा र वाम गठबन्धनका शेरबहादुर तामाङ भिड्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web