काठमाडौं,जेठ २४ । चिन्ताजनक अवस्थामा उपचाररत अम्बर गुरुङलाई श्रद्धाञ्जली दिएकोमा भारतीय राजदूतावासले माफी मागेको छ। गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै श्रद्धाञ्जली भन्दै स्टाटस राखेको आधा घण्टापछि भारतीय दूतावासले अर्को ट्विट गर्दै माफी मागेको हो। दूतावासले त्यस आफ्नो अघिल्लो स्टाटसप्रति क्षमा माग्दै सञ्चार माध्यमको समाचारमा भर पर्दा गल्ती हुन गएको बताएको छ। यसअघि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका संगीतकार अम्बर गुरुङको निधन भएको हल्लासँगै भारतीय राजदूतावासले श्रद्धाञ्जली दिएको थियो ।

महीनादिन अघिमात्र भारतमा उपचारपछि फर्कनुभएका गुरुङ रोगले च्यापेपछि हप्तादिन अघि अस्पताल भर्ना हुनुभएको छ। उहाँको निधनको हल्ला आज विहान देखि नै फैलिएको थियो । भारतीय दूतावासले त्यसको पृष्टिनै नगरि सोमबार दिउँसो पौने २ बजे राखिएको ट्विटर स्टाटसमा भारतीय दूतावासले लेखेको छ ‘ भारतीय दूतावास प्रसिद्ध नेपाली संगीतकार श्री अम्बर गुरुङको दुखद् निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दछ।’ दूतावासले यो स्टाटस पोस्ट गरेको केहीबेरमा नै डिलिट गरेको छ। अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ राष्ट्रिय गानका सङ्गीतकार उपचाररत हुनुहुन्छ ।

19.12¡ÆC