कलाकार दिपेनको असामयिक निधन

कार्तिक ३०, २०७४ मा प्रकाशित | 25927 views

काठमाडौं ।

चर्चीत कलाकार दिपेन शाहको विहीवार असामयिक निधन भएको छ । अभिनयसँगै छोटो कदकै कारण लोकप्रिय दिपनको दुबै मृगौला फेल भएर मुटुमा असर परेपछि उपचारका क्रममा उनको निधन भएको हो ।

लामो समय अघिदेखि बिरामी रहेका दिपनको परिवारले उनको उपचारको लागि दोलखाबाट काठमाडौं ल्याएको थियो ।

आफू अशक्त भए पनि आफ्नो कला प्रदर्शन गरी हँसाउन सफल उनी लामो समयदेखि बोनम्यारोगबाट पीडित थिए ।

३१ इन्चका दिपेनले केही समयअघि विश्वकै होचा कलाकारका रुपमा गिनिज बुक अफ रेकर्डमा नाम लेखाउने प्रयास गरेका थिए ।

उनको जन्म २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिकामा भएको थियो ।

सारथी चलचित्र मार्फत अभिनय थालेका दिपन नेपाली हाँस्य चलचित्र 'छेउ न टुप्पो' र 'झ्याइँकुटी झ्याइँ'मा अभिनय मार्फत लोकप्रिय बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web