पहिले बुझ्न बाँकी तथा नयाँ मतदातालाई परिचयपत्र वितरण गरिने

कार्तिक ३०, २०७४ मा प्रकाशित | 1239 views

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते २ चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा परिचयपत्र बुझ्न बाँकी तथा नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताहरुले सोही परिचयपत्रबाट मतदान गर्न पाउनुहुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रवक्ता ढकालका अनुसार गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेका, स्थानीय तहको निर्वाचनको अवसरमा वितरण गरिएको अवस्थामा मतदाता परिचय पत्र नलिएका तथा  गत भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवं नामावली सार्न र सच्चाउन निवेदन दिएका मतदाताले नयाँ परिचय पाउने छन् ।

पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा मंसिर ८ र ९ गते तथा दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा मङसिर १९ र २० गते सोही जिल्लाको सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट मतदाता परिचयपत्र वितरण गरिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web