काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको ४ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ ।

राष्ट्रपति भण्डारी युएईको अबुधाबीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा सोमबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको नियो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री विजयकुमार गच्छदार तथा विशिष्ट अधिकारीले स्वागत गर्नुभयो । नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।

भ्रमणका क्रममा भएको आपसी द्विपक्षीय भेटमा नेपालमा छिट्टै हुने संघीय संसद् र प्रादेशिकसभाको निर्वाचन, भूकम्पपछिको पुनःसंरचना, विकासका प्राथमिकता, नेपालमा महिला सहभागिता, व्यापार लगानी, पर्यटन, कृषि जलस्रोत तथा विकासको आधारशिला निर्माणका विषयमा कुराकानी भएको आपूर्तिमन्त्री जयन्त चन्दले जानकारी दिनुभयो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले युएईका युवराज, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निमन्त्रण गर्नुभयो ।

नेपाल तथा युएईले सन् १९७७ जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।

25.4¡ÆC