७.३ को शक्तिशालि भूकम्पले इरान र इराकमा कम्तिमा ६५ जनाको मृत्य, ५ सय बढी गम्भिर घाईते

कार्तिक २७, २०७४ मा प्रकाशित | 6516 views

एजेन्सी ।

उत्तरी इराक र इरानको सीमा क्षेत्रमा गएको ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या ६५ नाघेको छ ।

अलजजिरा अनलाइनका अनुसार इरानमा कम्तीमा ६१ जनाको मृत्यु भएको छ भने इराकमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको म्याग्निच्युड ७।३ रहेको जनाइएको छ।

भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेका छन्।

इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ।

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन्।

अन्य गाउँहरुमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ।

भूकम्पको धक्का टर्की र इजरेलमा पनि महसुस गरिएको थियो । शक्तिशालि भूकम्पबाट भएको क्षति र उद्दारमा छिमेकी टर्कीले सघाउने घोषणा सहित राहत इरानमा पठाएको बताइएको छ । कुर्द स्वायत्त सरकारले सबै सुरक्षा बललाई उद्दारमा खटिन निर्देशन दिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web