नारायणगढ ।

चितवनको नारायणगढ–मुग्लिक सडकखण्डको सेती दोभानमा रहेको ढुंगा पन्छाएपछि आज साँझ पाँज बजेबाट सडक दुईतर्फी नै सञ्चालन भएको छ । ढुंगा पुरै पन्छाउन नसक्दा शनिवार राती ९ः३० बजेबाट एकतर्फ गाडी चल्दै आएकोमा आजसाँझ ५ बजेबाट दुईतर्फी नै गाडी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।

सडक एकतर्फी हुँदा जाममा परेका सवारीहरु दुईतर्फी गाडी चलेसँगै सहजरुपमा गन्तव्यतर्फ गैरहेको पन्तको भनाई छ । सडक दुईतर्फी नखुल्दा आज विहानदेखि सडक रोकेर भित्तो काट्ने काम समेत प्रभावित हुँदै आएको थियो । भोली सोमबारबाट भने सडक रोकेर भित्तो काट्ने काम थालिने नारायणगढ मुग्लिक सडक आयोजनाका प्रमुख चन्द्र नारायण यादवले जानकारी दिनुभयो ।

यहाँको सडक एकतर्फी सञ्चालन हुँदा हिजोदेखिनै यातायात आवागमन प्रभावित हुँदै आएको थियो । सार्वजनिक सूचना अनुसार सोमबारदेखि विहान ७ बजेदेखि ४ बजेसम्म घण्टाघण्टामा सवारी रोकेर भित्तो काट्ने काम शुरु गरिने छ । एकहप्ता परिक्षण स्वरुप विहान ७ बजेदेखि ८ः३० बजे ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम थालिने आयोजनाले जनाएको छ ।

15.58¡ÆC