‘अमूल्य मतलाई खरिदविक्रिको साधन नबनाउँ’

कार्तिक २१, २०७४ मा प्रकाशित | 859 views

काभ्रे ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री तथा वस्तु विनिमयको साधन नबनाउन दलहरुसँग आग्रह गर्नुभयो ।

काभ्रेको धुलिखेलमा आज आयोजित ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा प्रमुख आयुक्त डा. यादवले जनताको मत लोकतन्त्रको आधार भएकाले मतदान केन्द्रदेखि मतगणनासम्मको प्रक्रिया पूरा गर्दासम्म सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रमुख आयुक्त डा. यादवले ट्रेड युनियनको दबाबमा निर्वाचनमा कसैलाई पनि नखटाउन मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई निर्देशन दिनुभयो ।

यस्तै, सिन्धुपाल्चोकमा आजै पत्रकारहरुसगँ कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते संघीय र प्रान्तीय दुवै निर्वाचन एकैपटक हुने भएकाले यो निर्वाचन विशेष किसिमको हुने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनका लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलार्ईएको हुदाँ निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।

निर्वाचनसम्बन्धी ६७ किसिमका सामग्री जिल्लामा पठाउनुपर्ने भएकाले केही पठाइसकिएको र बाँकी पनि चाँडै नै पठाइने बताउनुभयो ।

त्यसैगरी उहाँले जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचन शान्तिपूर्वक ढंगले सम्पन्न गराउन र आचारसंहिता उल्लङ्घनका घटना हुन नदिन निर्देशन दिनुभएको थियो ।

जिल्लामा १४४ मतदानस्थलमा १८५ केन्द्र कायम गरिएको र ३१ केन्द्र संवेदनशील भएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिनुभयो ।

त्यस अवसरमा मतदाता शिक्षकहरुलाई आगामी २५ गतेबाट प्रत्येक वडामा पठाइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा २ र ४ प्रदेश सभा रहेको जिल्लामा कुल २ लाख २६ हजार ५४० मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web