५२ स्वदेशी र विदेशी ४ संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति

कार्तिक २०, २०७४ मा प्रकाशित | 781 views

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ५२ स्वदेशी र ४ विदेशी गरी ५६ वटा संस्थालाई अनुमति दिएको छ ।

आयोगका अनुसार, निर्वाचन पर्यवेक्षणका लागि स्वदेशी ५२ संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो ।

पर्यवेक्षकलाई लामो र छोटो अवधिका लागि अनुमति प्रदान गरिएको छ । लामो अवधिको अनुमति पाउनेले एउटा प्रदेश र छोटो अवधिको अनुमति पाउनेले एउटा जिल्लाको पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनको पर्यवेक्षणको अनुमति पाउने अन्तर्राष्ट्रिय संस्थाहरुमा द कार्टर सेन्टर, युरोपियन युनियन, एसियन नेटवर्क फर फ्रि इलेक्सन ९एन्डफ्रेल० र अनकावा इन्टरनेसनल छन् ।

प्रधानमन्त्री र युरेपेली संघको मिसन प्रमुखबीच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि युरोपेली संघको मिसनका प्रमुख पर्यवेक्षक जेल्जन जोब्कोले भेट गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको बारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। दिनेश भट्टराइले जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रमुख पर्यवेक्षक जोब्कोले निर्वाचनको तयारी र निर्वाचनमा सबै राजनीतिक दलको सहभागिताका लागि प्रधानमन्त्री देउवाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

उहाँले निर्वाचनमा आफूहरुले प्रभावकारी रुपमा पर्यवेक्षण गर्ने र निर्वाचनमा देखेको कुरा सुझावका रुपमा सरकारलाई बुझाउने जानकारी गराउनुभएको परराष्ट्र सल्लाहकार डा। भट्टराईले बताउनुभयो ।

भेटमा प्रधानमन्त्री देउवाले आफूहरु सबै दलको सहमतिमा  लोकतान्त्रिक प्रक्रिया संस्थागत गर्न लागेको भन्दै निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न हुने बताउनुभएको थियो ।

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि म्यानमारका राजदूत ल्विन ओले बिदाइ भेट गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरुबीच २ मुुलुकको आपसी सम्बन्ध र हितका बारेमा कुरा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web