नेपालगञ्ज ।

आफ्नै प्रेमिकालाई ललाइफकाई मादक पदार्थ खुवाएर अर्धचेत बनाएर जबरजस्ती सामूहिक बलात्कार गरी अश्लिल भिडियो बनाउने एक ब्यक्ति पक्राउ परेका छन् ।

गत जेठ २ गते राति साढे ९ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर १२ का २२ वर्षका राजु बुढा क्षेत्रीले सम्झना भण्डारी (नाम परिवर्तन)लाई प्रेम गरेको बहाना बनाई ललाई फकाई जंगल लगेर कर गरेर बियर खुवाएका थिए । बियर खुवाएर अर्धचेत बनाएपछि साथिहरु बोलाएर सामूहिक बलात्कार गरी अश्लिल भिडियो बनाएको पाइएको छ ।

राजुसँगै साथीहरु स्थानीय १९ वर्षका दिपेश डाँगी र २० वर्षका सागर शाहीसमेत भै कोहलपुर जंगलमा युवतीलाई बियर खुवाई तीनै जनाले बलात्कार गरी अश्लिल भिडियो बनाएको भेटिएको छ ।

पीडित युवतीलाई बाँके कोहलपुर नगरपालिका वडा नं १३ सिम्री स्थित सामुदायिक जंगलमा लगेर राजु बुढाले सुरुमा आफूले बलात्कार गरेको र दिनेश डाँगी र सागर शाहीले मोबाइलबाट अश्लिल भिडियो बनाएका थिए ।

प्रहरीका अनुसार उनीहरुले त्यही भिडियो युवतीलाई देखाएर डर र त्रासमा पारी आफूहरुले पनि बलात्कार गरेका थिए ।

सामूहिक अश्लिल भिडियो सार्वजनिक भएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले बताउनुभयो ।

उनीहरुमाथि साउन १७ गते ईलाका प्रहरी कार्यालय कोहलपुरमा सामूहिक जबरजस्ती करणी मुद्दा दर्ता भएपछि संलग्न अभियुक्तहरु भागेका थिए ।

प्रहरी टोलीले मुख्य अभियुक्त राजु बुढा क्षेत्रीलाई बर्दियाको बासगढी नगरपालिकामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । उनीविरुद्ध बाँके जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

26.12¡ÆC