यस्ता सहमतीपछि डा.केसीले १३ औं अनसन १४ औं दिनमा तोडे

कार्तिक १, २०७४ मा प्रकाशित | 1221 views

काठमाडौं ।

प्राध्यापक डाक्टर गोविन्द केसीले १३ औं अनसन १४ औं दिनमा माथेमा प्रतिवेदन र आफ्ना सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट ल्याउन सरकार सहमत भएपछि तोडेका छन् ।

डा. गोपिन्द केसीले बुधबार साँझ अनशन तोडेका हुन् । आगामी कार्तिक ६ गते बस्ने मन्त्रीपरिषदको बैठकले अध्यादेशबाट विधेयक ल्याउन सरकार सहमत भएपछि डा. केसीले १४ दिनदेखिको आमरण अनशन तोडेका हुन ।

तर सरकारले अध्यादेशबाट विधेयक ल्याउन नसकेको खण्डमा पुनः आफु अनशनमा बस्ने चेतावनी डा. केसीले सरकारी वार्ताटोलिलाई दिएका छन् ।

डा. केसीले सरकारले आफुसँग भएको पूर्व सम्झौता कार्यान्वयन नभएको भन्दै गत असोज १९ गतेदेखि १३ औं अनशन सुरु गरेका थिए ।

सरकारी वार्ताटोली र अनसनरत डा. केसीका वार्ताटोलीबिच भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत ल्याउन आगामी ६ कात्तिकको मन्त्रीपरिषद्ले निर्णय गर्ने, सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने, काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धनका विषयमा उच्चस्तरीय छानविन समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गर्ने लगायत विषय समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web