टोकियो ।

जापानले आफ्नो मुख्य विमानस्थलमा अनुहारबाटै यात्रुहरुको जाँचपास गर्न थालेको छ ।

जापानको कानुन मन्त्रालयका अनुसार तत्कालको लागि हानेदा विमानस्थलमा यात्रुको अनुहारबाटै जाँच गरेर जापान प्रवेश अनुमति दिइने प्रविधि जडान गरेको छ ।

हानेदा बिमानस्थलको इमिग्रेसन व्यवस्थालाई छिटो छरितो र आधुनिकिकरण गर्ने उदेश्य सहित यस्तो प्रविधि जडान गरिएको यहाँको कानुन मन्त्रालयलाई उदृत गर्दै जापानटाइम्सले उल्लेख गरेको छ ।

यही अक्टोबार १३ तारिख सार्वजिक यो प्रविधिको प्रयोग भने यही १८ तारिखबाट गरिने भएको छ । तत्कालको लागि जापानी नागरिकहरुको मात्र यो प्रविधिबाट जाँच र प्रवेश अनुमतिको व्यवस्था गरिएको र यो प्रविधि सबै बिमानस्थलहरुका विस्थार गरिने बताइएको छ ।

सन् २०२० मा हुन लागेको ओलम्पिक खेलमा यो प्रविधिको प्रयोगको लक्ष्य सहित हालका लागि परिक्षण थालिएको बताइएको छ ।

नयाँ प्रविधिअनुसार मेसिनमा व्यक्तिले पासपोर्टले छोएपछि मेसिनको अगाडी उभिने व्यक्तिको अनुहारसँग पासपोर्टमा भएको व्यक्रिको फोटो मिले नमिलेको थाहा हुन्छ । अनुहार मिलेको खण्डमा मात्र व्यक्तिले जापान प्रवेशको अनुमति पाउनेछ ।

जापानले सन् २०१८ को अन्त्य सम्ममा नारिता, च्युबु, फुकुओका, कान्साई सहितका विदेशी पर्यटक बढी आउने अन्र्तराष्टिय बिमानस्थलमा यो प्रविधि विस्तार गर्ने लक्ष्य राखेको छ ।

सन् २०२० सम्ममा ४ करोड विदेशी पर्यटक भित्राउने लक्ष्य राखेको जापानमा सन् २०१६ मा झण्डै साँडे दुई करोड विदेशी पर्यटक आएको तथ्यांक छ ।

20.12¡ÆC