काठमाडौं ।

अर्को हप्ता कार्तिक ४ गते शनिवार परेको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउँदा शुभ हुन्छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि सुरु हुँदैछ । ३१ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार र धनवन्तरी जयन्ती परेको छ ।

यसैगरि कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी छ । २ गते बिहीबार लक्ष्मी पूजा परेको छ भने कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एकैदिन परेको छ ।

कात्तिक ४ गते शनिबार तिहारको अन्तिम दिन भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए ।

कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने अध्यक्ष गौतमको भनाई छ ।

24.12¡ÆC