एमालेको भरतमोहन अस्पतालले भारतबाट चार अर्ब ल्याउन खोजेको खुलासा

अशोज २९, २०७४ मा प्रकाशित | 1141 views

काठमाडौं ।

नेकपा एमालेका नेताहरुले सञ्चालनमा ल्याएको मनमोहन अस्पताल सञ्चालन गर्ने मनमोहन मेमोरियल फाउन्डेसनले भारतबाट चार अर्ब रुपैयाँभन्दा बढी रकम ल्याउन खोजेको खुलासा भएको छ ।

एमालेका भूतपूर्व सांसद भरतमोहन अधिकारी अध्यक्ष रहेको उक्त फाउन्डेसनले भारतको एक गैरसरकारी संस्थाबाट लगानी भित्र्याउन लागेको खुलासा भएको हो । तर अधिकारीले भने यसको खण्डन गरेका छन् ।

फाउन्डेसनले करीव तीन महिनाअघि उक्त सहायता स्वीकृतिका लागि समाज कल्याण परिषदमा निवेदन दिएको परिषद्का सदस्य(सचिव डिल्लीप्रसाद भट्टले पुष्टि गरेका छन् ।

सदस्य सचिव भट्टका अनुसार प्रक्रिया पूरा नभएका कारण स्वीकृति दिइएको छैन । ‘प्रक्रिया पूरा गरेर आउन भनेपछि भरतमोहन मेमोरियल फाउण्डेसन सम्पर्कमा गएको छैन ।

पहिलोपटक निवेदन दिएपछि कागजात पूरा गरेर आउन समय थप गरिएको तर अहिलेसम्म प्राप्त हुन नसकेको भट्टले बताए ।

फाउन्डेसनका अध्यक्ष अधिकारीले भने कुनै पनि सहयोगका लागि परिषद्मा निवेदन नदिएको झुठो जानकारी दिए ।

तर नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड नेको नेपालका अध्यक्ष राजेन्द्र पाण्डेले भने फाउन्डेसनले सहयोग स्वीकृतिका लागि परिषद्मा कागजात पेश गरेको बताए ।

उनले विस्तृत नखुलाएपनि भारतको एक संस्थाले सहयोग दिने प्रतिबद्धता जनाएका आधारमा प्रक्रिया अगाडि बढाइएको बताए । भरतमोहन मेमोरियल फाउन्डेसन नेको नेपाल अन्तर्गत सञ्चालित एनजिओ हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web