काठमाडौं ।

अज्ञात समूहको गोली प्रहारबाट आज नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।

दिउँसो करिब ३ बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँ बानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

अस्पतालमा कार्यरत चिकित्सक डा. विमल थापाले घाइते गौचनको अस्पताल ल्याइपुर्याउनु अघि नै मृत्यु भइसकेको जानकारी दिनुभयो ।

एउटा गोली गौचनको मुटु, अर्को कलेजो र तेश्रो गोली मुटु र कलेजोको बीचमा लागेको डा. थापाले भन्नुभयो ।

डा थापाका अनुसार गौचनको शरीरबाट २ वटा गोली झिकिएको छ । एउटा गोली भेटिएको छैन ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जानकारी दिनुभएको छ ।

अध्यक्ष गौचनको हत्याको विरोधमा निर्माण व्यावसायीहरुले राजधानीको बानेश्वर, अनामनगर लगायतका क्षेत्रमा प्रर्दशन गरेका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई तीन राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका छिरिङ तामाङ,सञ्जय तामाङ र दिलिप लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बौद्ध जोरपाटीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको हो ।

19.12¡ÆC