काठमाडौं ।

राजिनामा स्विकृत नहुँदै एमालेको कार्यकर्ता भन्दै उक्त पार्टीका अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएका नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा बल्ल स्वीकृत भएको छ ।

प्रहरी प्रमुख नियुक्तीमा शेरबहादुर देउवाको दबावकै कारण पाखा पारिएपछि न्यायालय गएपनि न्याय नपाएपछि सिलवालले पदबाट राजीनामा दिएपनि लामो समयसम्म स्वीकृत भएको थिएन ।

राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए ।

गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले एमाले प्रवेश लगत्तै शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेका हुन् ।

यसैबिच नेकपा एमाले ललितपुर जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं १ मा हालै पार्टी प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ ।

सो क्षेत्रमा मधुसुदन पौडेल, पुरुषोत्तम हुमागाईं र श्याममायाँ कार्कीको थप नाम सिफारिसमा परेको छ ।

यस्तै क्षेत्र नं २ मा कृष्णलाल महर्जनको नाम सर्वसम्मत भएको छ । निर्वाचन क्षेत्र नं ३ मा प्रमेश हमाल, रघुजी पन्त र सुशीला नेपालको नाम सिफारिस भएको छ ।

प्रदेशतर्फ १ नं को क निर्वाचन क्षेत्रमा उमेश शर्मा बजगाईं, पुरुषोत्तम हुमागाइं र कमलकुमारी श्रेष्ठको तथा ख मा चेतनाथ सञ्जेल, रामकृष्ण हुमागार्इं र गोमा घिमिरेको नाम सिफारिस गरिएको छ।

क्षेत्र नं २ को ‘क’ मा माधव पौडेल र ‘ख’ को लागि अष्टवीर व्यञ्जनकार, श्यामगोपाल महर्जनको नाम सिफारिस गरिएको छ। क्षेत्र नं ३ ‘क’ को लागि देवकी श्रेष्ठ, रघुनाथ महर्जन र राजेन्द्र श्रेष्ठ तथा ‘ख’ को लागि कल्पना अधिकारी, जीवन खड्का, दामोदर खड्का, राजेन्द्र थापामगर, स्वयम्भुराज डंगोल, सुकुमायाँ लामा, हरिकृष्ण थापा सिफारिसमा परेका छन् ।

19.12¡ÆC