सिद्धबाबा क्षेत्रमा राति ८ बजेबाट बिहान ६ बजेसम्म गाडी चलाउन रोक

अशोज १८, २०७४ मा प्रकाशित | 967 views

बुटवल ।

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ ।

पाल्पामा स्थानीय प्रशासन, प्रहरी, सडक डिभिजन कार्यालयका इन्जिनियर लगायतको बैठकले यस्तो निर्णय गरेको हो ।

आज बिहान गुडिरहेको मोटरसाइकल र स्कार्पियो जीपमा पहिरो माथिबाट खसेको ढुंगा लाग्दा चारजन घाइते भएपछि स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गर्नु परेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले पहिरोको बिचबिचमा ढुंगा अड्किएकाले यात्रु, सवारी साधनलाई जतिबेला पनि खसेर लाग्न सक्ने भएकाले रातीको समयमा बाटो बन्द गर्नु परेको जानकारी दिनुभयो ।

राति८ बजेसम्म ट्राफिक प्रहरी बसेर सवारी साधन क्रस गराउने र ८ बजेपछि सञ्चालन हुन नदिने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web