मुस्ताङ । मुस्ताङको कागबेनीमा आज माईक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेको मुस्ताङका प्रहरी नायब उपरिक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिँदैछ ।

बसमा चालक सहित १८ जना रहेका थिए ।

बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते

नुवाकोट ।

नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।

त्रिशूलीबाट काठमाडौं आउन लागेको बस र काठमाडौंबाट नुवाकोट हुँदै केरुङ जान लागेको कन्टेनर ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

25.12¡ÆC