जापानमा बस दुर्घटनामा १० नेपाली घाईते, पाँच जना गम्भिर (थप विस्तृत विवरण)

अशोज ८, २०७४ 2017-09-24 मा प्रकाशित
Published at 2017-09-24

53432 views

गोकर्ण अधिकारी-टोकियो ।

जापानमा नेपाली कामदार सवार बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । जापानको साइतामामा भएको बस दुर्घटनामा परि घाईते मध्ये पाँच जना गम्भिर रहेका छन् ।

टपनेपालन्युजडटकमलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार साइतामा प्रान्तको खावागोए शहरको योसिनोदाइबाट आधाघण्टाको दुरीमा रहेको आइपिएल जापान कम्पनीमा काम गरेर फर्कने क्रममा नेपाली चढेको बसका चालकले गति गुमाउँदा दुर्घटना भएको हो ।

आईपिएल कम्पनीमा काम गरेपनि उक्त कम्पनीमा कार्यरत दुर्घटनामा परेका नेपालीहरु भने किवा मानव संशाधन कम्पनी मार्फत काम गर्दै आएका थिए ।

बस सडक छेउमा पल्टिएको र तरकारी तथा फलफुल प्रशोधन कम्पनीमा कार्यरत नेपाली महिलाहरु चढेको बस दुर्घटनामा परेको हो । दुर्घटनाको समयमा बसमा २२ जना सवार रहेका थिए ।

घाईते १० जना मध्ये पाँच जना सामान्य उपचार पछि घर फर्कीएका छन् । बसका चालकलाई जापान प्रहरीले नियन्त्रणमा लिएको छ ।

गम्भिर घाईते पाँच जनाको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाईते मध्ये मिना सिरिस मगरको मलद्धारमा गम्भिर चोट लागेको र उनको पहिलो चरणको अप्रेसन गरिएको छ ।

यसैगरि दुर्घटनामा परि गम्भिर घाईते हुनेमा मिना केसी, रितु रणपाल दर्नाल, लक्ष्मि चालिसे सुवेदी र कमला नेपाली रहेका छन् ।

घाईते मध्ये केसी, दर्नाल र सुवेदीको अनुहार, टाउको, दांत, र खुट्टामा गम्भिर चोट लागेको छ ।

कमला नेपालीको हात भाँचिएको र खुट्टामा पनि गम्भिर चोट लागेको स्थानिय प्रहरीबाट जानकारी लिनुभएका पत्रकार प्रकाश पन्थिले जानकारी दिनुभयो ।

घाईते हुनुभएकी मिना केसीको घर रुपन्देशी पर्रोहा नगरपालिकाको मैनामैना चोक स्थायि घर हो । यस्तै मिना श्रीस मगरको रुद्रपुर गाउँपालिका छपालिटोल घर भएको बुझिएको छ ।

यस्तै गम्भिर घाईते मध्ये लक्ष्मि चालिसे सुवेदीको घर बाग्लङ चमुवा रहेको प्राप्त जानकारीमा उल्लेख छ । अर्की घाईते रितु रणपाल दर्नाल र कमला नेपालीको नेपाल ठेगाना थाहा हुन सकेको छैन भने उहाँहरु साइतामाको चुरुसे बस्दै आउनुभएको जानकारी प्राप्त भएको छ ।

गम्भिर घाईते श्रीस मगर भने टोकियोको इतावासी टोकिवादाई बस्दै आउनुभएको छ ।

साँझ ७ बजेको काम सकेर कम्पनिबाट छुटेको बस साँझ करिव ७ ३० बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको छ । हामी थप विवरण प्राप्त हुनेवित्तिकै राख्नेछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.