अशोज ८, २०७४ 2017-09-24 मा प्रकाशित Published at 2017-09-24
1027 views

टोकियो ।

कानागावा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको परामर्शको लागी कानागावा नेपाली कम्यूनिटीले यही अक्टूबर महीनाको तेस्रो हप्ता मंगलवारबाट सहायता कक्ष (हेल्प डेक्स) राख्ने भएको छ ।

जापानमा भाषा,काम लगाएतको समस्यालाई मध्यनजर गरेर कानागावा नेपाली कम्यूनिटी जापानले हेल्प डेक्स राख्न लागेको कम्यूनिटीका अध्यक्ष हरि सापकोटाले जानकारी दिनुभयो ।

जापानमा बीमा र कर प्रक्रियाहरू, प्रशासनमा बालबालिकाको जन्म दर्ता, बच्चाहरु बालबालिका विद्यालय हाल्ने प्रक्रिया, काम , अस्पताल, अपार्टमेन्ट कसरी पत्ता लगाउने, भिसा प्रक्रियाहरूको लागि आवश्यक कागजातहरू,मोबाइल फोनहरू, गाड़ी,कारहरू खरिद प्रक्रिया लगायतको विषयमा वास्तविक निशुल्क परामर्श गर्न लागेको हो ।

उक्त परामर्शको संयोजनको लागि संस्थाका उपाध्यक्ष महेश श्रेस्ठ र सह सचिब दिनेश के सी लाई तोकिएको छ ।

हेल्प डेक्स राख्नमा चाहिने सामग्री खरिद गर्न र उक्त प्रयोजनका लागी कानागावा फ़िक्चरले २० मान आर्थिक सहयोग समेत गरेको छ । हरेक मंगलबार दिनको ३स्०० बजे देखि ५स्०० बजेसम्म बस्ने हेल्प डेक्समा सम्पर्कको लागि संस्थाले अपील गरेको छ ।