<h3 class="lead" style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">काठमाडौं । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा सय जनाको मृत्यु भएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">७ दशमलव १ म्याग्नेच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका धेरै घर ध्वस्त भएका छन् । जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । उद्धारकर्ताहरुले भग्नावशेषमा च्यापिएकाहरुको जिवितै उद्धारको प्रयास गरिरहेका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">भूकम्पका कारण क्षति पुगेपछि मेक्सिको शहरको विमानस्थानको सेवा स्थगित गरिएको छ भने शहरका सयौं भवनबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">राजधानीका करिब २० लाख मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">३२ वर्षअघि १० हजार मानिसको मृत्यु हुने गरी गएको भूकम्पको सम्झनामा सयौं सहभागी भइरहेका बेला यो भूकम्प गएको हो ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">मेक्सिको भूकम्प गइरहने मुलुकमा पर्दछ । गत महिना दक्षिणी क्षेत्रमा गएको ८ दशमलव १ म्याग्नेच्यूडको भूकम्पका कारण कम्तिमा ९० जनाको मृत्यु भएको थियो ।(एजेन्सी)
18.12¡ÆC