जापान आएको डेढ महिनामै चितवनकी भिमाको निधन, अन्त्यष्टी मंगलवार

भदौ ३१, २०७४ मा प्रकाशित | 7977 views

ज्याक खड्का-टोकियो ।

डेढबर्ष अघि जापान आएका आफ्नो पतिसँगै बस्न जापान आएकी नेपाल चितवन घर भएकी भिमा कँडेल पाण्डेको आएको डेढ महिनामै निधन भएको छ ।

डेढ बर्षअघि कुक भिषामा आएका श्रीमानको डिपेण्डेन्ट भिषामा डेढ महिना अघि मात्र जापान आएकी भिमाको गएराती ११ बजे निधन भएको हो ।

नागोयाको खादिमामा बस्दै आएकी कँडेल आएको दुई हप्तामानै स्वास प्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भएको थियो ।

सिनोदाबासी स्टेशन नजिकै रहेको नागोया हर्ट सेन्टरमा उपचाररत कँडेलको स्वास प्रश्वासकै कारण निधन भएको बताइएको छ ।

हाल निधन भएकी कँडेलको शव अस्पतालको शव गृहमानै राखिएको छ । अन्तेष्टि भने यही सेप्टेम्बर १९ तारिखका दिन गरिने तय भएको छ ।

निधन भएकी ३५ बर्षीय कँडेलको नागोया सि मितोउ कु ताकाबाराहिरा मा अन्तेष्टि गरिने भएकाले सहयोग तथा उपस्थित भइदिन जापानबासी नेपाली तथा सबै संघसंस्थामा मृतकका आफन्तजनहरुले अनुरोध गरेका छन् ।

अन्त्यष्टी गरिने मिति- २०१७-०९-१९ मंगलवार

समय – बिहान ९:३०

स्थान-  Nagoya shi Meitou ku takabarihara 2-1704

名古屋市名東区高針原 2-१७०४

थप जानकारी को लागि -

बिनोद कुमार सापकोटा – ०९०-६०८३-२८३३

डिलाराम खरेल – ०९०-६४५४-४२९५

सन्देश पोखरेल – ०८०-३६३७-८८१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web