टोकियो ।

एक महिनाका बिचमा दोस्रोपटक आज बिहान उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्र जापानको भूमी माथिहुँदै जापान कटेर जापानी समुन्द्र क्षेत्रमा खसेको छ ।

उत्तर कोरियाले राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरेको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

आज बिहान ६ बजेर ५७ मिनेटमा प्रहार गरिएको बताइएको उक्त क्षेप्यास्त्र जापानी आकाशमा आइपुग्दा खतराको घण्टी बज्नुका साथै होक्काइदो क्षेत्रमा नागरिकहरुलाई सुरक्षित स्थानमा जान सूचना जारी गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएको चार दिनपछि प्योङयाङगले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको छ । आज प्रहार गरेको क्षेप्यास्त्र यसअघिका भन्दा बढी दुरीसम्म मार हान्न सक्ने खालको भएको ठानिएको छ ।

सेप्टेम्बर ३ तारिखमा हाइड्रोजन बमको सफल परीक्षण गरेको उत्तर कोरियामाथि जापान र अमेरिकाको प्रस्तावमा नयाँ प्रतिवन्धहरु लगाइएको छ ।

दक्षिण कोरियाली र जापानी सरकारले पछिल्लो क्षेप्यास्त्रबारे समीक्षा गरिरहेको बताएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ ।

यसअघि गत अगस्ट २९ तारिखमा उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानी आकाश भएर ३,००० किलोमिटरको दूरी तय गरी समुद्रमा खसेको थियो ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बावजुद उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

आजको उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाको युद्ध उक्साहठ र उत्तेजनात्मक कदम सह्य नहुने प्रतिक्रिया दिएका छन् । उनले यसअघिको आणविक बम परिक्षणलाई अभूतपूर्व खतराको संज्ञा दिएका थिए ।

20.81¡ÆC