एजेन्सी ।

म्यानमार सरकारले रोहिंज्या मुस्लिम विद्रोहीद्वारा घोषणा गरिएको युद्धविराम अस्वीकार गरेको छ ।

नेतृ आङ सान सूचीका प्रवक्ताले म्यानमार सरकारले 'आतंकवादीहरुसँग वार्ता नगर्ने' प्रतिक्रिया दिएका छन् ।

यसअघि आइतवार आर्कन रोहिंज्या साल्भेशन आर्मी 'आर्सा' ले मानवीय सहायता पुर्याउन दिन भन्दै एक महिनाका लागि युद्धविराम घोषणा गरेको थियो ।

आर्साले गत २५ अगस्टमा प्रहरीमाथि आक्रमण गरेपछि सेनाले सैनिक कारबाही शुरु गरेको थियो ।

सैनिक कारबाही शुरु भएयता तीन लाख रोहिंज्या मुस्लिमहरु छिमेकी बांग्लादेशतर्फ भागेका छन् । बंगलादेश हुँदै दशौं हजार भारत पुगेको र सयौंको संख्यामा भारतले नेपाल सिमामा छाडेपछि नेपाल पस्न थालेको समाचारहरु बाहिर आएका छन् ।

रोहिंज्याहरु बौद्धमार्गी बहुल म्यानमारका मुख्यतः मुस्लिम अल्पसंख्यक हुन्।

राज्यविहीन रोहिंज्याहरुले रखाइन बौद्धमार्गी र सेनाले गाउँ जलाउँदै आफूहरुविरुद्ध क्रुर अभियान चलाएको आरोप लगाउँदै आएका छन् ।

यसैबिच भारतमा रहेका रोहिंज्या शरणार्थी नेपाल पस्न सक्ने सम्भावना रहेको भन्दै गृहमन्त्रालयले सीमा नाकामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको बताएको छ ।

केही वर्षअघि प्रवेश गरेका केही रोहिंज्या नेपालमा बसिरहेका छन् । पछिल्लो एक हप्तामा काठमाडौं कपनमा यस्ता रोहिंज्या शरणार्थीको संख्या बढ्न थालेपछि सरकारले सिमामा सतर्कता अपनाएको बताएको हो ।

पछिल्ला दिनमा म्यानमारमा भएको हिंसाका कारण आफ्नो देश छोड्न बाध्य भएका भनिएका त्यहाँका रोहिंज्या मुसलमान ठूलो संख्यामा बांग्लादेशमा शरण लिन पुगेका छन् ।

अन्तर्राष्ट्रिय ध्यान तानेको त्यस प्रकरणसँगै केही वर्षदेखि भारतमा शरण लिइरहेका हजारौं रोहिंज्यालाई त्यहाँको सरकारले देश निकाला गर्ने भनेपछि ति शरणार्थी नेपाल छिर्ने ठानिएको छ ।

स्मरणीय छ दुई दशकअघि भूटानमा भएको नेपाली भाषीमाथिको सरकारी दमनपछि भारत छिरेका ६० हजार बढी भुटानीलाई भारतले नेपाल लखेटेको थियो तर पछि भूटान फर्कन खोज्दा उनिहरुलाई भारत छिर्न नदिएर नेपाल फर्कादिएको थियो ।

म्यानमार फर्किन नसक्ने अवस्थामा रहेका उनीहरु विगतमा भुटानी शरणार्थी जस्तै भारतले नेपाल छिर्न दिने तर फर्कन नदिने नीति अपनाउँदा नेपालमा समस्या पर्नसक्ने ठानेर सरकारले सतर्कता अपनाएको बताइन्छ ।

20.12¡ÆC