एनआरएनए जापान निर्वाचनको मतपरिणाम सार्वजनिक, उपाध्यक्षमा शिव र सरोज, सचिवमा जनक (भिडियो सहित)
भदौ १८, २०७४ 2017-09-03 मा प्रकाशित Published at 2017-09-03
1746 views

गोकर्ण अधिकारी-टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको निर्वाचनबाट उपाध्यक्षमा शिव प्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर बिजयी भएका छन् ।

अनलाईन मार्फत मतदान सम्पन्न भएको करिव १ घण्टामानै आधिकारिक मतपरिणाम सार्वजनिक भए अनुसार उपाध्यक्षमा पौडेलसँगै सरोज कुमार खत्री बिजयी भएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी द्रोण बहादुर सिलवाल, जीवन न्यौपाने र छत्र बहादुर दाहाल सार्वजनिक मत परिणाम अनुसार दुई उपाध्यक्षको दौडमा अटाउन सकेनन् ।

बिजयी भएका उपाध्यक्ष पौडेलले सबैभन्दा बढी मत अर्थात् ४ हजार २ सय ७६ मतसहित बिजयी भए । दुई उपाध्यक्षमा भएको निर्वाचनमा ३ हजार ९ सय ५८ मत ल्याएर सरोज कुमार खत्री पनि बिजयी भएका छन् ।

सचिवको दावेदारीमा योग्यता नपुगेको भन्दै दाबी बिरोध गरेका बाशुदेव लामिछानेले मतपरिणाममा भने बाजी मार्न सकेनन् ।

लामिछानेलाई हराउँदै ३ हजार ७ सय ७४ मतसहित जनकबिक्रम शाही सचिवमा निर्वाचित भएका छन् ।

सार्वजनिक लोकप्रियताको हिसाब र परिचित भएर पनि गीता आचार्य स्मृतिले सोचे अनुसार मतपरिणाम ल्याउन नसक्दा २८५५ कम चर्चाका बिच चुनावी मैदानमा उत्रेकी सृजना पाण्डे ३ हजार ३ सय ४० मतसहित बिजयी बनिन् ।

पाण्डेले कमला गैरे ७८६ र आचार्यलाई पछि पार्दै एकमात्र महिला सदस्य पदमा बाजी मारेकी हुन् ।

२१ जना केन्द्रीय सदस्य उम्मेद्धार बनेको एनआरएनए जापानको मत परिणाममा चर्चा र प्रचार गरेका कयौं अनुहारलाई पछि पार्दैै एनआरएन अभियानमा केही नयाँ अनुहारहरुले बाजी मारेका छन् ।

२१ जनाको चुनावी दौडमा बिजयी भएकामा राजन कुमार पौडेल २४१२, नारायण खड्का २४४४, लालबहादुर रावल २५६२, हस्त लामा ३००१ र बालकृष्ण कंडेल २५८७ रहेका छन् ।

सदस्यका उम्मेद्धाहरु उत्तमकुमार श्रेष्ठले २२४४ मत, अस्मीता लामा वाइवाले १६७४ मत, नरेन्द्रराज सापकोटाले १४३८ मत पाए। यसैगरि कुमार कार्कीले ११२२ मत, राजु पनेरुले १११३ मत, डिलाराम गैरे ९५४, चेतराम गैरे चेतन ९२२, सुरेश रेग्मीले ७२५, टिकाराम कँडेलले ७०१, सोमनाथ लम्सालले ५८२ मत पाए । यस्तै जगतबहादुर खडकाले ५५६ मत, दयाराम खरेलले ५१०, दिनेश लोहनी ४७८, विक्रम खत्री ४३३, श्याम गोपाल कँडेल ४१२ मत र डिल्लीराम सिवाकोटीले ४०१ मत पाएको निर्वाचन समितिले बताएको छ ।

निर्वाचनको प्रतिस्पर्धामा बरिष्ठ उपाध्यक्ष र सह कोषाध्यक्ष बाहेक सबै पदमा उम्मेद्धार एक भन्दा बढी व्यक्तिको परेको थियो । तर यसअघिनै अन्य उम्मेद्धारहरुले उम्मेद्धारी फिर्ता लिएपछि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ 'लामा', महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिकाथापा र सह-कोषाध्यक्षमा रामथापा 'अनिल' चयन भइसकेका छन् ।

अन्तर्राष्ट्रिय सम्वन्वय परिषद्मा कपिलदेव थापा, दिनेश गुरुङ, टंकप्रसाद गैरे, कपिलदेव थापा, केशरकुमार गिरी र दिलाराम गैरेको मात्र उम्मेद्धारी परेपछि ६ जनामा पाँचैजना चयन भएका थिए । पछि अध्यक्षका दावेदार अनुज थापाले सहमतीको प्रयासमा सहयोग गर्न भन्दै उम्मेद्धारी फिर्ता लिएपछि थापालाई निर्विरोध रुपमा परिषद् सदस्य बनाउने सहमती अनुसार उनलाई बढुवा गरिएको थियो । उनि निवर्तमान एनआरएनएन जापान कार्य समितिमा महासचिव छन् ।

पहिलो पटक अनलाईन मार्फत मतदान प्रक्रिया अपनाएको एनआरएनए जापानले बिहान १० बजेबाट मतदान गर्न मिल्ने व्यवस्था मिलाएको थियो भने मतदान साँझ ६ बजेर २० मिनेटमा समाप्त गरिएको थियो ।

१० हजार ३ सय २७ मतदाता रहेको एनआरएनए जापानको आइतबारसम्म निर्वाचनमा जम्मा ७ हजार ५०३ मत अर्थात् ७२.६५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि एनआरएनए जापानको १३ वटा क्षेत्रमा मतदान केन्द्र तोकिएपनि अनलाईन मार्फत मतदान प्रक्रिया अपनाइएका कारण ती स्थानमा नगन्य मात्रामा केही व्यक्ति मात्र मतदानका लागि पुगेको पाइएको छ ।

उम्मेद्धारले नै आफ्नो मत हाल्न पाएनन, जसले सदस्यता बोक्यो उसैले नेतृत्व बोक्यो

अनलाईन भोटिगंमा देखिएका समस्या, उम्मेद्धारहरुका आरोप र फर्जी मतदानको यर्थाथ बिवरण सहितको समाचार भोली प्रकाशित गर्नेछौं : सम्पादक