एजेन्सी ।

जापानको भूभागलाई कटाएर समुन्द्रमा क्षेप्यास्त्र प्रहार गर्दै गम्भिर चुनौति दिएको उत्तर कोरियाले अमेरिकासँग मिलेको भन्दै जापानलाई अर्को धम्की दिएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठक जापान र अमेरिकी पहलमा बसे लगत्तै उत्तरले जापानले अमेरिकाको समर्थन गर्नु उत्तर कोरिया बिरुद्ध युद्धको थालनि भएको भन्दै दुई देशको सैन्य गठबन्धनले कोरियाली प्रायद्धिपमा खतरा निम्त्याएको र जापानले पतनको बाटो पछ्याएको टिप्पणी गरेको छ ।

उत्तर कोरियाको औपचारिक समाचार एजेन्सी केसिएनएले जापानी भूभाग हुँदै प्रहार गरेको क्षेप्यास्त्र प्रशान्त क्षेत्रमा उसको सैन्य कारबाहीको ूपहिलो कदमू भएको व्याख्या गरेको छ ।

उत्तर कोरियाको अरु क्षेप्यास्त्र प्रहार गर्ने संकेत दिंदै प्रशान्त क्षेत्रमा रहेको अमेरिकी गुआम क्षेत्रमा आक्रमण गर्ने उसको यसअघिको धम्की दोहोर्याएको छ ।

मंगलबार प्रहार गरिएको क्षेप्यास्त्रले जापानको होकाइडो टापुमाथि हुँदै गएको समुन्द्रमा खसेको थियो ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालीन बैठकले उत्तर कोरियाले जापानमाथिबाट जाने गरि फ्याँकेको क्षेप्यास्त्रको भर्त्सना गरेको छ ।

अमेरिकाले तयार पारेको विज्ञप्तीमा प्योङयाङमाथि थप नाकाबन्दी घोषणा गरिएको छैन ।

तर सुरक्षा परिषदले प्योङयाङलाई थप क्षेप्यास्त्र प्रहार नगर्न र उसको आणविक हतियार कार्यक्रम रोक्न भनिएको छ ।

पन्ध्र सदस्यीय परिषदले तनाव कम गर्न उत्तर कोरियाले तत्काल पाइला चालोस भनेको छ ।

उत्तर कोरियाले अमेरिका र जापानको आक्रोश आफ्नो वैधतामाथिको चुनौतिको रुपमा लिएको बताएका छन् ।

केसीएनएले यसअघिको क्षेप्यास्त्र प्रक्षेपण जापान र कोरियाबिचको अपमानजनक १९१० को सन्धिको १०७ औँ वार्षिकोत्सवमा लक्षित रहेको बताएको छ ।

जापान सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रतिरक्षाको लागि सक्दो प्रयास गरिरहेको जनाउँदै आएपनि मंगलबार बिहान जापानी आकाश हुँदै गएको क्षेप्यास्त्रलाई नियन्त्तण वा नष्ट गर्न असफल भएपछि जापानको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ ।

तर जापानी प्रधानमन्त्री शिन्जो आबेले भने क्षेप्यास्त्र जापान भएर प्रशान्त महासागरमा खसेको बताइरहँदा रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले राडारको सुचनामा क्षेप्यास्त्र जापानमा खस्ने सम्भावना नदेखिएकाले सुरक्षा बलले कुनै कारवाही नगरेको टिप्पणी गरेका छन् ।

जापानी आकाशमा क्षेप्यास्त्र-ट्रम्पको नयाँ चेतावनी, उत्तरको जवाफ 'बिनासकारी नतिजाको जिम्मेवार अमेरिका

17.12¡ÆC