जापानी आकाशमा क्षेप्यास्त्र-ट्रम्पको नयाँ चेतावनी, उत्तरको जवाफ ‘बिनासकारी नतिजाको जिम्मेवार अमेरिका

भदौ १३, २०७४ मा प्रकाशित | 10187 views

एजेन्सी ।

उत्तर कोरियाले जापानी आकासहुँदै सामुद्रिक क्षेत्रमा मङ्गलबार बिहान खसालेको क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अव ‘सवै विकल्प खुल्ला’ रहेको प्रतिक्रिया दिएका छन् ।

जवाफमा राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान ताई सोङले आफ्नो देशको रक्षाको लागि उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र परिक्षण गरेको भन्दै कुनैपनि विनासकारी नतिजाको जिम्मेवारी अमेरिका हुने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारलाई तर्साउने र अस्थिरता निम्त्याउने कार्य भन्दै उत्तरले कोरियाली क्षेत्र र समग्र विश्व समुदायबाट एक्लिने काम गरेको  बताएका छन् ।

यसैबीच राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान ताई सोङले प्योङयाङको जापानी आकासको बाटो समुद्रमा गरिएको क्षेप्यास्त्र प्रक्षेपण कोरियाली प्रायदीपमा अमेरिकी हस्तक्षेप विरुद्धको कडा प्रतिकारको उपाय भएको बताएका छन् ।

राष्ट्रसंघको निशस्त्रीकरण सम्बन्धि जेनेभा भेलालाई सम्बोधन गर्दै ताइ सोङले  “पटक पटकका चेतावनीपछि पनि अहिले अमेरिकाले दक्षिण कोरियाली भूमिमा सैनिक अभ्यास गरी खुला रूपमा उत्तर कोरियामाथि शत्रुवत व्यवहार देखाएको छ । यसप्रति प्रतिक्रिया दिनु मेरो देशका कर्तव्य हुन्छ ।” भनेका छन् ।

सोङले जापानी क्षेत्रमा प्रक्षेपण गरेको क्षेप्यास्त्रलाई लक्षित गर्दै भने कोरियाली प्रायदीपमा देखिएको तनावका कारण ‘कुनैपनि विनासकारी दुखद नतिजा’ को सिर्जना भएमा यसप्रति अमेरिका जिम्मेवार हुनुपर्छ ।

प्योङयाङले आत्मरक्षाका लागि प्रतिवाद गर्ने अधिकार रहेको पनि उत्तरकोरियाली राजदूत सोङले बताए ।

यसअघि उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्नको लागि सुरक्षा परिषदको बैठकको बोलाउनको लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको थिए ।

उत्तर कोरियाले मङ्गलबार गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुदै जापानी  समुन्द्रमा झरेपछि सो आग्रह गरिएको हो । ्

उत्तर कोरियाले गरेको पछिल्लो यो क्षेप्यास्त्र परिक्षणको जापान, अमेरिका, बेलायत, अष्ट्र्ेलिया र दक्षिण कोरियाले निन्दा गरेका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले यस क्षेप्यास्त्र परिक्षणलाई अनौठो, गम्भीर र खतरनाक चेतावनी भएको बताएका छन् ।

जापानको उत्तरी होकाइदो टापूको करिब तीन सय किलोमिटरसम्म उत्तर कोरियाली क्षेप्यास्त्र पुगेको थियो ।

उत्तरी कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सुचना गराउने साइरन बजेको र मानिसहरुलाई भूइतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो ।

सन् २००९ मा उत्तर कोरियाले गरेको रकेट परिक्षण जापानी आकाशमा पुग्दा वासिङ्गटन, सोल र टोकियोले गैरकानूनी अन्तरमहादेशिय व्यालेस्टिक परिक्षण बताएपनि उत्तरले भने बचाउ गर्दै सेटलाइट परिक्षण गरेको दाबी गरेको थियो ।

उत्तर कोरियाले गत आठ वर्षयता लगाताररुपमा गर्दै आएको क्षेस्यास्त्र परीक्षणहरु जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो ।

प्याङ्गयाङ्गले हालै अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलातापूर्वक परीक्षण गरेकोे अमेरिकाले समेत स्विकार गरिसकेको छ ।

उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि छोटो दूरीमा हान्न सक्ने तीन वटा क्षेप्यास्त्रको परिक्षण गरेको थियो ।

मंगलबारको क्षेप्यास्त्र जापान नियन्त्रीत समुन्द्रमा खसेपछि जापानले आकस्मिक सुरक्षा बैठक गरेको छ भने दक्षिण कोरिया, अमेरिका सहित आफ्ना सुरक्षा साझेदारहरुसँग गम्भिर वार्ता थालेको छ । साथै जापानले आफ्ना नागरिकले क्षेप्यास्त्र खसेमा सुरक्षित रहन अपनाउनुपर्ने सूचनाहरु जारी गर्दै आफ्ना जनाताको सुरक्षाको लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web