एजेन्सी ।

भूटानी सिमा नजिक चीनको भूभाग डोकलाममा सिमा नजिक बनाइएको सडकले आफुलाई खतरा भएको भन्दै सेना पठाएर विवाद निम्त्याएको भारत अन्तत पछि हट्न बाध्य भएको छ ।

१० साता यता भारतका कारण निम्तिएको विवाद तत्कालका लागि भारतले एकाएक आफ्ना सेना फिर्ता गरेपछि केही साम्य हुने भएको छ ।

भारतीय मिडियाले कुटनीतिक रुपमा भारतको जित भएको अफबाह फैलाउँदै डोकलामबाट चीनको सेना पछि हटेको प्रचार गरेपनि चीनको सरकारी समाचार संस्था चाईना डेलीले त्यसको खण्डन गरेको छ ।

भारतीय मिडियाहरुले दुवै देशका सेना हटाउन सहमती भएको एकतर्फी प्रचार गरेपनि चीनले भने 'त्यस्तो कुनै सहमती नभएको र आफैंले निम्त्याएको विवादबाट भारत पछि हट्दै उसले सम्पूर्ण सेना र सामान फिर्ता लगेको' बताएको छ ।

चीनको समाचार संस्थाले थप भनेको छ कि 'डोकलाम क्षेत्रमा चीनको सेनाको गस्ति जारी रहनेछ र भूटान सिमा नजिक रहेको डोक्लाममा निर्माणाधिन सडकको काम यथावत रहनेछ ।'

चीनको विदेश मंत्रालयका प्रवक्ता हु चुनयिंग ले-'भारतले डोकलाम सिमा नजिकबाट आफ्ना सेना र बन्दोवस्ती सामग्री हटाएको छ, हाम्रो सेनाले यसको पुष्टि गरेको छ ।'

चीनको सेनाले आफ्नो प्रादेशिक सार्वभौमिकता र कानुनी अधिकारको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने भन्दै प्रवक्ताले भनेका छन् 'चिनियाँ सिमानामा सेनाहरुले गस्ति जारी राख्नेछन् । '

१८ जुनमा भारतीय सेनाहरु अवैध रुपमा चीन भारत सीमाको सिक्किम क्षेत्रमा अवैधरुपमा पार गर्दै भूटान र चीनबिचको विवादीत डोकलाम क्षेत्र पुगेका थिए ।

सोमवार पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ रक्षा विभागका प्रवक्ता वू कियानले भारतले यो घटनाबाट पाठ सिक्नुपर्ने भन्दै 'सीमा सम्झौता र अन्तर्राष्ट्रिय कानूनको आधारभूत सिद्धान्तहरू पालन गर्न र चीनसँग शान्ति स्थापना गर्नका लागि भारतले काम गरोस्' भनेका छन् ।

चीनको अन्तरराष्ट्रीय अध्ययनको दक्षिण एशियाली अध्ययनका एक शोधकर्ता लान जियानोउले भने -'यो घटना हेर्दा भारतले डोकलामबाट सेना फिर्ता गरेर बुद्धिमानी देखाएको र यो क्षेत्रमा शान्ति भड्कन नदिन भारतले गल्ति सुधारेको' बताएका छन् ।

20.12¡ÆC