एनआरएनए जापानको अनलाईन मतदानको तयारी पूरा, निर्वाचन बारे जानकारी दिन पत्रकार सम्मेलन

भदौ १३, २०७४ मा प्रकाशित | 1149 views

टोकियो ।

पहिलो पटक अनलाईन मार्फत निर्वाचनको तयारी गरिरहेको गैरआवासीय नेपाली संघ जापानले निर्वाचनबारेमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।

आगामी नयाँ कार्यसमिति २०१७ ०१९ चयनको लागि अनलाइन मतदानको तयारी पूरा भएको भन्दै निर्वाचन समितिले निर्वाचनमा अपनाइने अनलाइन मतदान विधी तथा निर्वाचन सम्बन्धि नियमावली लगायत विविध विषयमा जानकारी गराउन यही ३० तारिक बुधबार पत्रकार सम्मेलनको आयोजना गर्नेभएको छ ।

सेप्टेम्बर ३ तारिक हुन गइरहेको एनआरएन जापानको निर्वाचन अनलाइन मतदानद्वारा सम्पन्न गरिने यसअघिनै घोषणा गरिएको छ ।

निर्वाचन समितिका संयोजक ओम गुरूङद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनलाइन मतदान सम्बन्धि जानकारी लिनको लागि सम्पूर्ण उम्मेदवार, संघसंस्थाका अध्यक्ष, पदाधिकारी तथा सदस्यसहित जापानबासी नेपालीहरूमा उपस्थित हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web