<h3 class="lead" style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">काठमाडौं। भारतका विवादास्पद धर्मगुरु गुरमीत रामरहिम सिंहले २० वर्ष जेल सजायँ पाएका छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">दुई वटा छुट्टाछुट्टै यौन शोषणको मुद्दामा दोषी पाइएपछि हरियाणाको विशेष अदालतले उनलाई २० वर्षको जेल सजायँ सुनाएको हो ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">बलात्कारको दुई मुद्दामा दश÷दश वर्षको जेल सजायँ सुनाइएको हो । अदालतले दुबै बलात्कारको मुद्दामा १५÷१५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला पनि गरेको छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">जसमध्ये १४÷१४ लाख रुपैयाँ दुबै मुद्दाका पीडितलाई दिन आदेश दिइएको छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">बलात्कार मुद्दामा दोषी पाइएका उनलाई हरियाणा रोहतकको सुनारिया जेलभित्रै खडा गरिएको विशेष अदालतमार्फत सजायँ सुनाइएको हो ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">रामरहिमका वकिलले भने पुनरावेदनका लागि सर्वोच्च अदातल जाने बताएका छन् । रहिममाथि हत्याको आरोपसमेत छ । जसको फैसला हुन बाँकी नै छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">भारत हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका रामरहीममाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजन गराएकोसमेत आरोप लागेको थियो ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">सजायँ सुनाउनु अघिदेखि नै हरियाणाको सिरसामा भने सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित हिंसालाई मध्यनजर गर्दै हरियाणामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">हरियाणाका बजार पसल तथा सबै शैक्षिक संस्था बन्द छन् । इन्टरनेट पनि बन्द गरिएको छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">शैक्षिक संस्था र इन्टरनेट सेवा मंगलवारदेखि मात्रै खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">१५ वर्ष पुरानो यौन शोषणको मुद्दामा अदालतले रहीमलाई दोषी ठहर गर्दै सजायँ सुनाएपछि उनका अनुयायीले आश्रम छोड्न थालेका छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">अदालतले फैसलापछि उनका अनुयायीले भड्काएको हिंसामा परेर अहिलेसम्म ३८ जना मारिइएका छन् । (एजेन्सी
20.12¡ÆC