भेट्नुहोस्, सोध्नुहोस् र सिक्नुहोस्’ सिनओकुबोमा निशुल्क स्वास्थ्य कार्यक्रम

भदौ १२, २०७४ मा प्रकाशित | 1089 views

टोकियो ।

जापानको राजधानी टोकियो आसपासमा रहेका नेपालीहरुलाई लक्षित गरेर टोकियोको सिनओकुबोमा निःशुल्क स्वास्थ्य परामर्श तथा जागरुकता कार्यक्रम हुने भएको छ ।

इन्नो सेवा हेल्पलाइनको पहलमा स्वस्थ जीवनयापन र स्वास्थ्य समस्याहरुको समाधानमा सहयोग पुगोस् भन्ने हेतुले यही सेप्टेम्बर २ तारिख शनिवार स्वास्थ्य परामर्श हुने भएको हो ।

भेट्नुहोस्, सोध्नुहोस् र सिक्नुहोस्’ भन्ने नारा सहित ओकुबो कादो बिल्डिङमा दिउँसो ३ बजेबाट कार्यक्रम हुने भएको छ ।

जापानका अस्पतालहरुमा विशेषज्ञ डाक्टरको रुपमा सेवा दिइरहेका नेपाली चिकित्सकहरुले स्वास्थ्य परामर्श दिने बताइएको छ ।

कार्यक्रममा स्वास्थ तथा रोग, स्वास्थ्यरजीवन बीमा, स्वास्थ्य सेवा प्रविधिलगायतका विषयमा जानकारी गराईने भएको छ ।

नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्य रहने सो कार्यक्रममा, डा। लुसन चालिसे, डा। सन्दिप शाक्य, डा। विजय ज्ञवाली तथा डा। दिपेन्द्र गौतमको उपस्थिति रहेनछ ।

साथै सो अवसरमा आईटी र बीमा सम्बन्धि जानकार विशेषज्ञ अनुज बज्राचार्य र नृपेन्द्र श्रेष्ठलेबाट सम्वन्धित विषयमा जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web