टोकियो ।

यहि अगष्ट २१ तारिखमा आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी अनिता गौतमको जापानमा अन्तिम दाहसंस्कार गरिएको छ ।

अध्ययनका लागि आएकी अनिताको अनित्म दाहसंस्कारको लागि नेपालबाट आएका उनका दाजुको उपस्थितिमा श्रद्धाञ्जलि सहिद दाहसंस्कार गरिएको हो ।

अनिता अध्ययनरत ओमोते नासी सेनमन गाकोकै पहलमा अन्तिम दाहसंस्कारको लागि उनका दाजु जापान आएका थिए । दाहसंस्कारको लागि लाग्ने खर्च समेत सोही विद्यालयले ब्यहोरेको बताइएको छ ।

आज भएको श्रद्धाञ्जली तथा दाहसंस्कारमा गुन्माकेनका एनआरएन संयोजक महेश रिसाल, अनिल राज पौडेल, भवानी रिजाल, रेशम न्यौपाने, सागर देव, यम भट्टराई, केशभ थापा, चिरन्जिबी जम्मरकटेल, जिना घिमिरे, लीला बास्तोला लगायत नेपालीहरुको उपस्थिति रहेको थियो ।

मृतक गौतमको आत्महत्याको कारण केही खुल्न नसकेको बताइएको छ । २८ बर्षीय अनिता एकदिन अघिदेखी सम्पर्क विहिन भएकोमा भोलीपल्ट आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

जापानमा नेपाली विद्यार्थी (युवती) द्धारा आत्महत्या

17.61¡ÆC