पूर्णत असफल प्रधानमन्त्रीको भारत भ्रमण : सचिव ज्ञवाली

भदौ ११, २०७४ मा प्रकाशित | 1763 views

पूर्णत असफल प्रधानमन्त्रीको भारत भ्रमण  : सचिव ज्ञवाली

काठमाडौं। एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पूर्णतः असफल भएको दावी गरेको छ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले तराईको डुबान समस्या समाधान गर्ने दीर्घकालीन योजनासमेत बनाउने काम नभएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाको भारत भ्रमण पूर्णतः अससफल भएको प्रतिक्रिया दिएका हुन् ।
आईतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले डुबान समस्या समाधान हुनेगरी द्धिपक्षीय छलफल गर्न राजनीतिक दलहरुले दिएको सुझावलाई समेत प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा बेवास्ता गरेको आरोप लगाए ।सचिव ज्ञवालीले भारतसँग नेपालको बढ्दो व्यापार घाटा कम गर्ने, विगतमा भएका सहमति अनुसार अघि बढाइएका परियोजनाको काम सम्पन्न गर्ने जस्ता जल्दाबल्दा समस्या प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीसँग उचाईका साथ राख्न नसकेको पनि उल्लेख गरे । प्रधानमन्त्री देउवा नेपालको प्रधानमन्त्रीको रुपमा नभई काँग्रेस सभापतिको रुपमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रस्तुत भएको सचिव ज्ञवालीको बुझाई छ ।

सचिव ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा आफै विवादमा तानिएको दावी पनि गरे । संविधान संशोधन जस्तो आन्तरिक मामिलालाई द्धिपक्षीय छलफलको विषय बनाएर प्रधानमन्त्री देउवा आफै विवादमा तानिएको ज्ञवालीको भनाई थियो । सचिव ज्ञवालीले प्रधानमन्त्री देउवाले संविधान संशोधनको विषयलाई भारतमा उठाएर संसदको मानहानी गरेको आरोप पनि लगाए । उनले प्रधानमन्त्री देउवाको संविधानप्रतिको निष्ठामा समेत प्रश्न उठेको दावी गरे ।

एमालेले ४ दिन भित्र प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गरिसक्ने पनि जनाएको छ । सचिव ज्ञवालीले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि ९० प्रतिशत उम्मेदवार चयनको काम सकिएको र बाँकि काम पनि आगामी १५ गते भित्र गरिसक्ने स्पष्ट पारे । एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गर्दै आएको छ ।
सचिव ज्ञवालीले स्थानीय तह तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय जनता पार्टी, नेपालसँग सहकार्य गरेर जान तयार रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web