सुनसरी ।

सुनसरी सदरमुकाम इनरुवाको वडा नं. ९ बबियामा एक महिना अघि देखापरेको भ्यागुते र चरचरे रोगको प्रकोप फेरी फैलिएको छ । बबियामा कम भएको र नियन्यणमा आएको केही दिनमा नै सुनसरीको बराह नगरापालिकामा फेरी भ्यागुते रोग देखापरेको छ ।

बाढी र पहिरो तथा डुवानपछि जिल्लाको विभिन्न ठाउँमा गाईबस्तुमा फेरी भ्यागुते र चरचरेको प्रकोप देखापरेको पशुचिकित्सकहरुले बताएका छन् । जिल्लाको बराह नगरपालिका स्थित महेन्द्रनगरमा मात्र भ्यागुते रोगका कारणले एक हप्ता यता अधा दर्जन चौपायाको मृत्यु भएको छ भने दर्जनौ चौपाया बिरामी परेका छन् । स्थानीय अक्ष्यलाल मण्डल लगायतका स्थानीय र मुर्रा भैसीमा सो रोग देखापरेको पशुचिकित्सक मनोजकुमार महतोले जानकारी दिनुभयो ।

महतोका अनुसार सो रोगबाट १ हजार ५ सय पशु चौपाया प्रभावित रहेको र केहीलाई रोगले नै च्यापिसकेको छ । केही समय अगाडि मात्रै बबियामा १४ चौपायाको र प्रकाशपुरको श्रीलांकाटापुमा आधा दर्जन चौपाया मरिसकेका छन् ।

बाढीको कारण प्रभावित क्षेत्रमा रोग फैलिएको महातोले बताउनुभयो । जिल्लाको कोेशी किनार आसपास क्षेत्रमा बराह नगरपालिका ६ र ७ मा भ्यागुते रोगको संक्रमण फैलिएको जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो ।

प्रमुख महतोका अनुसार व्यक्तिगत र फार्ममा पालेका भैँसीमा रोग देखापरेको हो । स्थानीय लोकल तथा मुर्रा क्रस भैँसीमा भ्यागुते रोगको संक्रमण फैलिएको महतोले बताउनुभयो ।

यो रोग लागेमा सुरुमा ज्वरो आउने, पशुले नखाने, घ्यारघ्यार आवाज निकाल्ने, र्याल काढ्ने र बढीमा ७२ घण्टाभित्र मर्ने लक्षण देखाउछ ।

सो क्षेत्रमा कोशी आसपास र श्रीलंकाटापुमा पशुहरु मरेको तथा रोग फैलिएको भएपनि सोहि ठाउँमा पशुहरु चरिचरणका लागि लाने गरेकाले थप संक्रमण फैलिने खतरा रहेको समेत महतोको भनाइ रहेको छ ।

रोग फैलिएको क्षेत्रमा पशुतथा मासु र दुधको ओसारपोसार रोकेको छ भने दुध र मासुको समेत उत्पादन घटेको छ । पशु प्राविधिक सुर्यनारायण यादवका अनुसार पशुमा संकास्पद रोग तथा माहामारीको विषयमा इपिडेमियोलोजिकल अन्वेषण केन्द्रमा जानकारी पठाइएको छ ।

प्रभावित क्षेत्रको निगरानी र नियमित अनुगमन भइरहेको यादवले जानकारी दिनुभयो । यता नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन केन्द्रीय समितिले बाढी प्रभावित क्षेत्रको पशुपन्छीका लागि पशु शिविर गरेको छ । एशोसिएसनले नेपालको विभिन्न क्षेत्रमा बाढीले प्रभावित भएको पशुपन्छीका लागि पशु शिविर आयोजना गरेको केन्द्रिय अध्यक्ष रामप्रसाद मेहताले जानकारी दिनुभयो ।

कृषि तथा पशुपालन क्षेत्रको विकास, प्रवद्र्धन र रुपान्तरणको लागि कार्यरत्त रहेको एशोसिएसनले सिराहा, सप्तरी , धनुषा र सुनसरीका पशुपन्छीका लागि निशुल्क पशु स्वस्थ्य शिविर आयोजना गरेको जनाएको छ ।

19.29¡ÆC