ज्याक खड्का-टोकियो ।

नेपाललाई चिनाउने नेपाल घर सहित स्वाथ्य परिक्षण, नेपाली मौलिकता झल्काउने विशेष आकर्षण सहित आयोजना गरिन लागिएको नेपाल फेस्टिवलको तयारी पुरा भएको छ ।

आगामी शनिबार र आईतबार अर्थात् अगष्ट २६ र २७ तारिखका दिन टोकियोको उएनो पार्कमा हुन लागेको १० औँ नेपाल फेष्टिवलको तयारी पुरा भएको आयोजक एनआरएनए जापानले जनाएको छ ।

अतिथि देवो भव भन्ने मुल नाराका साथ जापानीहरुलाई नेपाली कला, संस्कृति वारे जानकारी दिंदै नेपाली पर्यटन प्रवर्दन गर्ने उदेश्यले आयोजना गरिंदै आएको फेष्टिवल यस वर्ष विशेष रुपमा आयोजना गर्न लागिएको आयोजकले मंगलवार पत्रकार सम्मलेन गरेर जानकारी गराएको छ ।

यस पटक नेपाल चिनाउने नेपाली घर तथा मौलिक घरेलु सामाग्रीहरुको विशेष प्रर्दशनी गरिनुका साथै नेपाली गाउघरमा प्रयोग हुने ढिकी, जातो, डोको, नाम्लो देखी नेपाली बाजागाजा, पहिरन तथा मौलिक सामग्री सहित खरले छाएको नेपाली घर फेस्टिव स्थलमा राखिने भएको छ ।

तीन लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको फेस्टिवलमा जापानीहरुको सहभागीता बढाउनको लागि जापानी संचारमाध्यमहरु मार्फत प्रचारप्रसारलाई तिव्रता दिईएको प्रचारप्रसार संयोजक रहनुभएका जिज्ञानकुमार थापाले सो अवसरमा जानकारी दिनुभयो ।

खाना तथा अन्य गरि कुल ४६ वढा नेपाल चिनाउने स्टल रहने फेष्टिवलमा यस पटक खानाको गुणस्तर र सरसफाईमा विशेष ध्यान दिईने फेष्टिवल संयोजक तथा एनआरएन उपाध्यक्ष देविलाल भण्डारीले जानकारी दिनुभयो ।

यस्तै सुरक्षा व्यवस्थाका लागि ठूलो सख्यामा स्वयमंसेवक तथा विभिन्न नियमहरु निमार्ण गरि नियमित अनुगमन गरिनेभएको नव निर्वाचीत एनआरएन जापान अध्यक्ष तथा अर्का संयोजक टासी वाङदी लामाले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजना नेपाली दूतावास टोकियोको विशेष सहयोग तथा जापानमा कृयाशिल संघसस्थाहरुको सकृयतामा हुन लागेको फेष्टिवलको उदघाटन जापान परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी सहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र एनआरएनए उपाध्यक्ष भवन भट्टले संयुक्त रुपमा गर्ने जानकारी एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले सो अवसरमा जानकारी दिनुभयो ।

फेस्टिवलको कुल लागतको करिव २७ लाख येन घाटामा रहेको प्रारम्भिक योजनामा अनुसार एक करोड ६८ लाख ३५ हजार ९८० येन कुल खर्च लाग्ने देखिएको छ ।

एनआरएनए जापानका महासचिव अनुज थापाले संचालन गर्नु भएको कार्यक्रममा एनआरएनए सचिव बुद्धिराज घिमिरेले फेष्टिवलको कार्यतालिका तथा स्टलहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

कोषाध्यक्ष दीपक थापाले फेष्टिवलको आर्थिक पक्षका बारेमा जानकारी गराउनुका साथै विभिन्न उपसमितिका संयोजकहरूले आफ्नो जिम्मेवारीमा रहेको कार्य प्रगति विवरण तथा उपस्थित पत्रकार तथा अन्य व्यक्तिहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

15.87¡ÆC