टोकियो ।

जापानले मंगलबारदेखि फुकुसिमा दाइची आणविक उर्जा केन्द्रमा बरफको पर्खाल बनाउने तयारी थालेको छ ।

सो केन्द्रका अपरेटरले आणविक दुर्घटनाले गर्दा दुषित पानीको बहाव रोक्न ३५ बिलियन येनको लागतमा बरफको पर्खाल निर्माण गर्ने भएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

टोकियो इलेक्ट्रिक पावर कम्पनिले जापानको उत्तरपूर्वी तटतर्फका चारवटा रिएक्टरलाई घेर्ने १.५ किलोमिटर लामो अन्डरग्राउण्ड पर्खालको ७ मिटरमा चिस्याउने पदार्थ हाल्न सुरु गरेको बताईको छ ।

अन्डरग्राउण्ड पाइपले चिस्याउने पदार्थलाई परिसंरचण गराउने र बिल्डिङ वरीपरीको माटोलाई जमाउने काम गर्नेछ ।

३० मिटर लम्बाइ भएको पर्खालले नजिकैका पहाडहरुबाट हुने पानीको वहावलाई रोक्ने छ । तर पछि त्यसलाई मानव जिवनमा असर नपर्नेगरि प्रशान्त महासागरमा फालिने बताइएको छ ।

पर्खाल पूर्णरुपमा बन्न करिव दुई महिना लाग्ने ठानिएको छ । उक्त पर्खालको निर्माण २०१६ को मार्चदेखि सुरुवात भइसकेको बताइन्छ । तर बरफ राख्ने काम भने बल्ल सुरु भएको हो ।

११ मार्च २०११ मा समुद्रमुनी उत्पन्न भएको ९ रेक्टरस्केलको भुकम्पले निम्त्याएको सुनामीका कारण फुकुसिमाका ३ वटा रिएक्टरहरुमा समस्या आएको थियो जसका कारण आणविक उर्जास्रोतबाट उत्पन्न हुने तापक्रम नियन्त्रण बाहिर नजाओस भनेर कामदारहरुले ज्यान जोखिममा पारेर रिएक्टरमा रातदिन पानी हालेका थिए ।

बरफको पर्खालले आणविक भट्टीको रक्षा वा असर घटाउने काम गर्छ भन्नेमा ढुक्क नदेखिएपनि बरफको पर्खालले यसमा केही सहयोग गर्ने अपेक्षा गरिएको छ ।

14.93¡ÆC