टोकियो ।

नेपालको सहयोगी देश जापानले नेपालका बाढी पिडितहरुको लागि पहिलो चरणको सहायता उपब्ध गराएको छ ।

जापानिज राजदूत मासासी ओगावाले जापान सरकारबाट बाढी पीडितका लागि उपलब्ध गराइएको आपतकालीन राहत सामग्री हस्तान्तरणा गरेका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमामा गहृमन्त्री जनार्दन शर्मालाई राजदूत ओगावाले करिव २५ लाख येन बराबरका पहिलो आपतकालीन राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

राहत सामग्रीमा तीन हजार थान कम्बल, एक सय थान प्लास्टिक अन्तर्राष्ट्रिय, दुई हजार थान म्याट्रेस, एक सय तिर्पाल र १० पानी ट्यांकी रहेका छन् । राहत सामग्रीको दोश्रो दुवानी भने राती आइपुग्ने छ र अन्य सामग्री आउने क्रम जारी रहने बताइएको छ ।

त्यसअघि जाइका नेपालका मुख्य प्रतिनिधि, संयुक्त सचिव र गृह मन्त्रालयबीच राहत सामग्री वितरण स्वीकृति पत्रमा हस्ताक्षर गरेपछि राजदुत ओगावाले सूची र सामानहरु गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका हुन् ।

प्राप्त सहयोग जापान सरकार अन्तरगतको अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को पहलमा भएको हो । प्राप्त सहायता तराईका बाढिपिडित समुदायको लागि वितरण गरिनेछ ।

समारोहमा राजदूत ओगावाले बाढी पीडितलाई राहत सामग्री हस्तान्तरण गर्न पाउँदा जापानिज सरकार र जनताले सन् २०११ मा विनाशकारी भूकम्प गएको बेलामा नेपाल सरकार र जनताले गरेको सहयोगको स्मरण गरे ।

24.02¡ÆC