जापानमा नेपाली विद्यार्थी (युवती) द्धारा आत्महत्या

भदौ ५, २०७४ मा प्रकाशित | 3862 views

टोकियो ।

अध्ययनका लागि चारवर्ष अघि जापान आएकी एक नेपाली किशोरी विद्यार्थीले आत्महत्या गरेकी छिन् ।

जापानको गुन्मकेनमा अध्ययनरत २८ वर्षीय नेपाली विद्यार्थी अनिता गौतमले आत्महत्या गरेको जापानी प्रहरीले बताएको छ ।

नेपाल ईटहरी घर भई चार वर्ष अगाडी विद्यार्थी भिषामा जापान आएकि गौतमले आपनै कोठामा आत्महत्या गरेका हुन । गुन्मा केनको मायाबासि बस्दै आएकी गौतम, ओमोते नासी सेनमन गाकोमा अध्यनरत रहेको र गौतमले आफ्नै कोठामा झुनिडएको अवस्थामा आज विहान फेला परेको हो ।

गुन्मा केनको मायावासि बस्ने गौतम गत शुक्रवार देखि सम्पर्क विहिन थिईन, गुन्मा प्रहरीले उनको शबलाई पोष्टमार्टमको लागि हस्पिटल लगेको छ ।

आत्महत्याको कुनै कारण थाहा हुनु सकेको छैन । घटनास्थलमा सुसाईड नोट वा अन्य केही आत्महत्यासँग सम्वन्धित सामग्री फेला परे नपरेको खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web