जापानमा गुल्मीका किसन केसीको उपचारका क्रममा निधन

भदौ ३, २०७४ मा प्रकाशित
Published at 2017-08-19

9421 views

ज्याक खड्का-टोकियो ।

जापानमा अस्वस्थ भई उपचारको लागि अस्पताल भर्ना भएका गुल्मी जिल्ला घर भएका किसन के.सी ज्यूको (चित्र बहादुर के.सी) को निधन भएको छ ।

मुसीकोट नगरपालीका वार्ड नं ७ निवासी 'साविक वामी गा.बि.स.' का ५६ बर्षीय केसीको आज निधन भएको हो ।

आफ्नै व्यवसाय गर्दै आएका वामी सेवा समिती जापानका अबिभावक परीषद सदस्य समेत रहेका केसीको आज अपरान्ह करिव ४ बजेको समयमा अस्पतालमा नै निधन भएको सुरेश केसीले जानकारी दिनुभयो ।

निधन हुनुभएका चित्र बहादुर केसीको यही अगष्ट २१ तारिखका दिन सोमबार टोक्यो माचिया साईजोमा अन्त्येष्टि गरिने भएको छ ।

दिनको ३ बजे अन्तिम दाहसंस्कार गरिने भएकाले समय अनुकुल हुनुभएका शुभ चिन्तक महानुभावहरूलाई उपस्थीतीको लागी मृतक केसीका निकट रहनुभएका जीवन केसीले अनुरोध गर्नुभयो ।

श्रीमती र चार छोरा सहित टोकियो स्थित इइदाबासीमा रेष्टुरेण्ट सञ्चालन गर्दै आएका मृतक केसीको क्यान्सरका कारण निधन भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.