टोकियो ।

यस बर्षकै बहुप्रतिक्षित चलचित्र ‘ग्याङस्टर ब्लुज'ले अस्ट्रेलिया र नेपालमा भव्य प्रदर्शन थालेको छ ।

नेपालमा आजबाट प्रदर्शनमा आएको चलचित्र अष्ट्रेलियाको सिड्नीमा भने तीन दिन अघि खचाखच दर्शकका बिच प्रदर्शन भएको छ ।

अस्ट्रेलियाका ६ शहरमा प्रदर्शन हुन लागेको चलचित्र नेपालभर आजबाट प्रदर्शनमा आएको छ ।

मल्टिप्लेक्स हलको अधिकाशं आजको टिकट हिजै विक्रि भएको चलचित्र ‘ग्याङस्टर ब्लुज’ले आजको देशभरको सबै शोका टिकट हाउसफुल विक्रि भइसकेको बताएको छ ।

सरोज न्यौपाने निर्मित यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । चलचित्रमा आशिरमान देशराज, आना शर्मा, रोजिशा शाही, संयम पुरी, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रले एक यूवाको प्रेम र ग्याङस्टारको कथालाई उठान गरेको छ ।

नेपालगञ्जमा हुने गरेको ग्याङ फाइटको कथामा निर्मित चलचित्रबाट नायक आशिरमान उदाउने अपेक्षा धेरैले गरेका छन् ।

यता नेपाल बाहिरको प्रदर्शनकै क्रममा जापानमा प्रदर्शको अधिकार पाएको टोक्यो ड्रिम्स इन्टरटेनमेन्टले भोली हुने प्रदर्शनको अधिकाशं टिकट विक्रि भएको जानकारी दिएको छ ।

भोली शनिवार साँझ ६ बजेबाट मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने चलचित्रको लागि टिकट केही संख्यामा मात्र रहेको जानकारी दिंदै टोक्यो ड्रिम्सले नेपाली नारिहरुको महान पर्व तीजका कारण पनि चलचित्रको टिकट विक्रि उत्साहजनक रहेको र टिकट केही बाँकी रहे हलमा समेत विक्रि गरिने बताएको छ ।

जापानमा बहुप्रतिक्षित चलचित्र ‘ग्याङस्टर ब्लुज' प्रदर्शन ४ दिन बाँकी, टिकट विक्रि अन्तिम चरणमा

बहुप्रतिक्षित चलचित्र ‘ग्याङस्टर ब्लुज' टोकियोमा अगष्ट १९ मा प्रदर्शन हुने (भिडियो सहित)

22.73¡ÆC