टोकियो ।

गुरुङहरुको सांस्कृतिक पर्व रोधी साँझलाई जापानमा रहेका गुरुङ समुदायले भव्य रुपमा मनाएका छन् ।

गुरुङहरुको संस्था एक तमु धिं जापानको आयोजनमा यस वर्षको रोधी साँझ मनाइएको हो ।

नेपालबाट जापान आई बसोबास गर्ने सम्पूर्ण तमुहरुबीचको एकता र सद्भाव कायम राख्न यस्तो जमघट गर्ने परम्परा अनुरुप नै यो कार्यक्रम आयोजना गरिएको तमु धिं जापानले जनाएको छ ।

यस पटकको रोधि सॉझ २१ औं पटकको भएको तमु धिंका अध्यक्ष श्री भक्त गुरुङले जानकारी दिए ।

रोधी साँझका लागि नेपालबाट आउने भनिएका धर्मेन्द्र सेवान, तृष्णा गुरुङ लगायतका कलकार भने जापानले भिषा नदिएपछि आउन पाएनन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार ओम गुरुङको प्रमुख आतिथ्यतमा सम्पन्न भएको थियो । रोधी सॉझमा सल्लाहकार दिनेश कुमार गुरुङ, ईश्वरगुरुङ, विजय थकाली, अध्यक्ष श्रीभक्त गुरुङ, कास्की पोखरा समाजका शिव पौडेल लगायतले मतब्य राखेका थिए ।

कार्यक्रममा चित्र गुरुङले संचालन तथा स्वागत वरिष्ठ उपध्यक्ष अनिता गुरुङले गर्नु भएको थियो ।

रोधि सॉझ टोकियो शिनओकुबु स्थित जापान सांस्कृतिक प्रतिष्ठानको हलमा अगस्ट १५ मा भएको हो ।

22.74¡ÆC