बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

वीरगञ्ज ।

विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन् ।

पर्सा जिल्लाका पश्चिम क्षेत्रमा रहेको दुर्गम गाउँ मिर्जापुर, सम्झौता, जयमंगलपुर, भिश्वा, जानकिटोला, भिखमपुर, बन्जारेलगायतका गाउँका बाढीपीडित झाडापखाला, विषमज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउ चिलाउने रोगबाट बढी प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

हैजाको खतरा

सुनसरी  । अविरल वर्षापछि आएको बाढीले मरेका पशुपंक्षीका कारण इटहरी उपमहानगरपालिकाको बुढी खेला क्षेत्रमा घाम लाग्नसाथ दुर्गन्ध फैलिएको छ ।

उद्धार र मानवीय सेवाका लागि त्यहाँ पुगेका सेवाग्रहीमासमेत हैजाको त्रास देखिएको छ ।

सर्पको डसाइबाट एक बालकको मृत्यु

राजविराज ।

विषालु सर्पको डसाइबाट आज सप्तरीको कृष्णसावरण गाउँपालिका–५ छपकीका मोहम्मद सबिरका तीन वर्षीय छोरा मोहम्मद साहिलको मृत्यु भएको इलाका प्रहरी कार्यालय मोहुलीले जनाएको छ ।

घरनजिकै खेतको आलीमा उत्तानो परेको अवस्थामा बालकलाई भेटेपछि तत्काल उपचारका लागि महुलीस्थित स्थानीय अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

TOP