चिनियाँ र भारतीय सेनाबीच झडप

साउन ३२, २०७४ मा प्रकाशित | 12921 views

एजेन्सी ।

चिन र भारतका सेनाबिच सिमा क्षेत्रमा झडप भएको छ । समाचार अनुसार महिना दिनयता विवादीत बन्दै आएको सिमा क्षेत्रमा दुई देशका सेनाबिच झडप भएको हो ।

एकजना भारतीय रक्षा अधिकारीलाई उदृत गर्दै जनाइए अनुसार झडपमा कोही हताहती वा दुवै तर्फ कुनै क्षति भएको छैन । झडप सामान्य भएको र दुवै तर्फबाट ढुंगा प्रहार भएको बताइएको छ ।

भारतीय सुरक्षा अधिकारीले चिनियाँ सेनाले गस्तीमा रहेका भारतीय सीमा क्षेत्रतर्फका भारतीय सेनामाथि ढुङ्गा प्रहार गरेको दाबी गरेपनि यसको पुष्टि भएको छैन ।

पेङ्गोङ् ताल नजिकै रहेका भनिएका भारतीय सैनिकतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले ढुङ्गा प्रहार गरेको ती अधिकारीको दाबी छ ।

उक्त सीमा क्षेत्रमा रहेको हिमालय क्षेत्र लादाख, पर्यटकीय आकर्षक मानिएको छ । सोही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल रहेको छ ।

उक्त भारतीय बलतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले केही समय सम्म ढुङ्गा प्रहार गरेको र भारतीय सीमा क्षेत्रतर्फ प्रवेश गर्ने प्रयास पनि गरेको आरोप ती भारतीय अधिकारीले लगाएका छन् । सो क्रममा भारतीय सेनाले पनि ढुंगा प्रहार गर्दै बन्दुक देखाउँदै हात हालाहाल सम्मको अवस्था आएको बताइन्छ ।

‘यो एउटा सामान्य झडप हो यसबाट कतैतर्फ कुनै क्षति भएको छैन र छोटै समयमा घटना नियन्त्रणमा आइसकेको छ’ आफ्नो नाम नबताउने शर्तमा ती भारतीय रक्षा अधिकारीले एएफपी समाचार समितिलाई बताए ।

यस घटनापछि भारतीय र चिनियाँ सेना पनि आ आफ्नो ‘ड्युटी’ मा खटिसकेका छन्– उहाँले भन्नुभयो । चिनको भनिएको उक्त भुमिमा विवादास्पद क्षेत्र बनाउँदै भारतले सिमा अतिक्रमण प्रयास गरेपनि चिनियाँ सेनाले त्यहाँ उपस्थिति जनाएर भारतीय सेनालाई पछि हटाएर सिमा सुरक्षा कायम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web